२० वर्षे ठिटोसँग भागिन् ५० वर्षीया विवाहित महिला

31
  •  
  •  
  •  

काठमाडौं,६ कार्तिक (एजेन्सी) : भारतमा २० वर्षे ठिटोसँग एक ५० वर्षीया विवाहित महिला भागेकाे खबर सार्वजनिक भएको छ । मोदीनगरकी ती ५० वर्षीया महिला २० वर्षे युवकसँग फरार भएको खबर नवभारत टाइम्सले प्रकाशित गरेकाे छ। महिलाको एक छोराको विवाहसमेत भइसकेको बताइएको छ । जानकारीका अनुसार यी दुईको दोस्ती फेसबुकमार्फत भएको थियो । महिलाका श्रीमानले यसबारे पुलिसलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पुलिसले युवकको मोबाइल निगरानीमा राखेको छ ।

महिलाका जेठो छोराले उनलाई ६ महिनाअघि मोबाइल दिएका थिए । त्यसपछि महिलाले ह्वाट्सएप र फेसबुक आइडी बनाएर चलाउन थालिन् । स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, ‘तीन महिनाअघि महिलाको फेसबुकमा युवकसँग दोस्ती भएको थियो । एक महिनादेखि दुबैजना फोनमा कुराकानी गरिरहेका थिए । सोमबार बिहान महिला फोन घरमा नै छोडेर भागेकी छिन् ।’

महिलाको फोन हेरेपछि यी दुईको प्रेमप्रसंगबारे खुलासा भएको बताइएको छ । पुलिस गजेन्द्रपाल सिंहले यी दुईको खोजी कार्य जारी भएको भारतीय संचार माध्यमलाई जानकारी दिएका छन् ।


  •  
  •  
  •