राष्ट्रियसभा बैठकः दशैँलार्इ लक्षित गर्दै सांसदहरुले गरे यस्ता माग(भिडियाेसहित)

90
  •  
  •  
  •  

काठमाडौं , ७ असाेज (ओएनएस) : राष्ट्रियसभाका अधिकांस सांसदहरुले बडादशैँलार्इ लक्षित गर्दै विभिन्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभामा आज बसेकाे बैठकमा शून्य समयमा बोल्दै अधिकांस सांसदहरुले बडादशैँलार्इ लक्षित गर्दै विभिन्न मागमा र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गरिन् ।

सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने, चाडवाडको मुखमा चिनीलगायत खाद्य सामग्रीको अभाव, कालाबजारी नहुनेतर्फ सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराए ।


  •  
  •  
  •