एनएमबिले दियाे ‘तलब खाता’मा ५ लाखसम्मको दुर्घटना बीमा

43
  •  
  •  
  •  

काठमाडौं, २५ भदाैँ (अाेएनएस) : एनएमबि बैंकले तलबी कर्मचारीहरुलाई लक्षित गर्दै नयाँ ल्याएकाे ‘तलब खाता’मा ग्राहकरुलार्इ ५ लाखसम्मको दुर्घटना बीमाकाे सुविधा ल्याएकाे छ। साथै यस खातामा ७ प्रतिशत उच्च ब्याज दरका कारण बैंकले नेपाल भरी उत्साहजनक सहभागिता हासिल गरेको छ ।

यस खातामा बैंकले विभिन्न सुविधाहरु निशुल्क उपलब्ध गराएको छ, जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो जसबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने बनाएकाे छ।

“नेपाल सरकारकाे हरेक कर्मचारीको एक तलब खाता’ हुन पर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भए संगै विभिन्न सुविधाहरु सम्पत्र तलब खाता ल्याउने एनएमबि पहिलो बैंक बनेको छ ।

एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले निकै उत्साहित भएको र निकट भविष्यमा पनि येस्तै सुविधायुक्त सेवाहरु बजारमा ल्याउन थप प्रोत्साहित भएको बैंकले जनाएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here