कांग्रेसले अवरोध गर्दा नियमावली पेश हुन सकेन

88
  •  
  •  
  •  

काठमाडौं, २ जेठ (ओएनएस) : नेपाली कांग्रेसले अवरोध गर्दा संसदमा फौजदारी अभियोगमा पक्राउ परेपछि स्वतः निलम्बन हुनुपर्ने संशोधन नियमावली पेश हुन सकेको छैन।

सभामुख कृष्णवहादुर महराका अनुसार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेताहरुले सांसद निलम्बनको प्रावधान राख्न नहुने अडान लिएकाे छ भने सत्तारुढ दल एमाले र माअाेवादी भने मतदानबाट भए पनि निमायवली टुंगो लगाउनुपर्ने अडान लिएको छ ।

नेकपा एमाले र माओवादीले बहुमतको बलमा पारित गर्न खोजे नेपाली कांग्रेसले प्रतिपक्षी रुप देखाउने चेतावनी दिएको छ। कांग्रेसले यस्तो चेतावनी दिएपछि प्रतिनिधिसभा बैठकमा नियमावली पेश हुन सकेन ।

यसअघि कांग्रेस र मधेसवादी दलहरुको बिरोधपछि निमायवली मस्यौदा समितिले निलम्बन शब्द नराखी सेवा सुविधा र सांसदको हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको थियो ।

दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभामा मतदानबाट टुंगो लगाउनुपर्ने पक्षमा एमाले उभियो । तर, कांग्रेसले मतदानमा लगिए प्रतिपक्षीय रुप देखाउने भन्दै संसदमा अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ ।

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले नैतिक पतन देखिने र फौजदारी अभियोगमा पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने अडानबाट एमाले पछि नहट्ने बताइन् ।


  •  
  •  
  •