निर्मलालाई न्यायकाे माग गर्दै माइतीघरमा बृहत र्‍याली

30
  •  
  •  
  •  

काठमाडौं, २२ मंसिर (ओएनएस) । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको दोषी पत्ता लगाउन माग गर्दै शनिबार काठमाडौंमा वृहत दबाब र्‍याली आयोजना गरिएको छ ।

माइतीघरबाट शुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ । र्‍यालीमा डा. गोबिन्द केसी लगायतको सहभागिता रहेको छ । अपराधीले प्रधानमन्त्री र गृहमन्त्रीलाई डोरी लगाएर तानेको नक्कल गर्दै सहभागीहरुले प्रदर्शन गरेका थिए ।

सहभागीहरुले असक्षम गृहमन्त्री चाहिदैन–न्याय मार्न पाइदैन, सरकारसँग सिकेछ–प्रहरी पनि बिकेछ, बलात्कार कहिलेसम्म–हामी चुप जहिलेसम्म जस्ता नारा लगाएका थिए ।

निर्मलाको शव गत साउन ११ गते उखु बारीमा फेला परेको थियो । घटना घटेको चार महिना वित्दा पनि अझै दोषी पत्ता लाग्न सकेको छैन् । निर्मलाको न्यायको लागि देशव्यापी रुपमा प्रदर्शन र र्‍याली हुँदै आएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here