निर्मला पन्तलाई न्याय माग्दै पाँच सय पोस्टर टाँसियो

प्रहरीको भ्यानमा पनि पोस्टर
34
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्यायकाे माग राख्दै काठमाडौंको भृकुटीमण्डपमा मंगलबार बिहान धर्ना दिएको छ ।

रत्नराज्य क्याम्पस अगाडि भेला भएका विद्यार्थीले ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने पोष्टरसमेत टाँसेका थिए ।
विद्यार्थीहरुले बिजुलीका पोल, पर्खाल र सवारी साधनमा समेत निर्मला पन्त अंकित पोस्टर टाँसेका छन् ।

उनीहरुले निर्मला पन्तको हत्या भएको लामो समय हुँदा पनि सरकारले पीडितलाई न्याय नदिएको भन्दै सरकारविरुद्ध नारावाजी गरेका थिए । निर्मला पन्तले न्याय नपाए कडा आन्दोलन गर्ने नेपाल विद्यार्थी संघले चेतावनी दिएको छ ।

नेविसंघ आरआर क्याम्पसका नेता उत्तम साउदले निर्मलालाई न्याय माग्दै पाँच सय वटा पोस्टर टाँसिएको बताए ।
प्रहरीको भ्यानमा समेत पोस्टर टाँसेपछि प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो । भ्यानमा टाँसेको पोस्टर प्रहरीहरूले नै च्यातेका थिए ।


  •  
  •  
  •