निर्मला हत्या प्रकरण : पक्राउ परेकामध्ये तीन जना छुटे, एकजना हिरासतमै

37
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर(ओएनएस) । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा सोधपुछ गर्न पछिल्लो पटक पक्राउ परेका तीन जनालाई कञ्चनपुर प्रहरीले छोडेको छ ।

सोधपुछका लागि बुधबार दिउँसो उनीहरुलाई बोलाइएको र साँझ छोडिएको कञ्चनपुर प्रहरीकाे भनाइ ५ । प्रहरीले मंगलबार साँझ काठमाडौँबाट पक्राउ परेका एक युवकसँग भने सोधपुछ गरिरहेको छ ।

डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाएको छ । पक्राउ परेका युवाले नाम लिएका अन्य मानिसहरूसँग पनि प्रहरीले बयान लिने तयारी गरेको प्रहरीले बताएको छ ।

शंकास्पद गतिविधिका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २२ वर्षका ती युवालाई समातेको थियो ।
हाल उनको नाम गोप्य राखिएको छ ।

घटनाका बेला कञ्चनपुरमै रहेका उनी त्यसपछि फरार थिए ।  परिवारले भारत गएको बताएपनि उनी मंगलबार काठमाडौँबाट पक्राउ गरेका हुन् ।

गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी निर्मलाको ११ गते बलात्कार गरि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । हत्या भएको चार महिना पूरा हुँदा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here