निककी पूर्व प्रेमिकाले प्रियंकासँगकाे इन्गेजमेन्टलार्इ लिएर यस्ताे बोलिन्, निक परे दंग!

34
  •  
  •  
  •  

काठमाडौं, २१ भदौ (एजेन्सी) : अमेरिकी गायक निक जोनसकी पूर्व प्रेमिका ओलिविया कल्पोले लामाे समयपछि प्रियंका चाेपडासँगकाे इन्गेजमेन्टलार्इ लिएर मुख खाेलेकी छन्। उनले मुख खाेल्दै प्रियंका र निकको इन्गेजमेन्टमा आफू निकै खुसी भएको बताएकी छिन् । वेबसाइट पिपल डट कमका अनुसार सन् २०१२ की मिस युनिभर्स ओलिवियाले निकलाई बधाई र शुभकामना दिइन् ।

स्मरण रहोस्, ओलिविया कल्पो र निकको सम्बन्ध सन् २०१५ मा नै समाप्त भएको थियो । कल्पोले भनिन्, ‘मलाई लाग्छ कि मानिसले कुनै पनि बेला आफ्नो प्रेम पाउन सक्छ, विशषगरी यो क्षेत्रमा किनभने यहाँ साँचो प्रेम पाउन निकै गाह्रो छ ।’

उनले भनिन्, ‘त्यसकारण म उनीहरुका लागि निकै खुसी छु । कामना गर्छु कि हरेकले प्रेम र खुसी पाउन् । म उनीहरुलाई पनि शुभकामना दिन्छु ।’

निक र प्रियंकाले केही महिनाको डेटिङपछि हालै इन्गेजमेन्ट गरेका छन् । कल्पो आजकाल डेनी अमेन्डोलालाई डेट गरिरहेका छन् जो फुटबल क्लब मियामी डल्फिनबाट खेल्छन् ।


  •  
  •  
  •