विदेशी नागरिकहरुको निगरानी बढाइने

23
  •  
  •  
  •  

काठमाडौं, २५ पुस(ओएनएस) : सरकारले नेपाल भित्रिने विदेशी नागरिकहरुको निगरानी बढाउने भएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यागमन विभागका महानिर्देशक इश्वराज पौडेलले त्रिभुवन विमानस्थल लगायत अन्य नाकाहरुबाट भित्रिने र बाहिरिने विदेशी नागरिकहरुका लागि आँखाको नानी रिड गर्ने आइरिस मेसिन र बायोमेट्रिक विवरणसहितको अध्यागमन सुचना प्रणाली जडान गर्न लागिएको जानकारी गराए ।
सरकारले जडान गर्न लागेको आइरिस मेसिनले आँखाको नानी पढ्न सक्छ भने बायोमेट्रिक मेसिनले हातका औंठा छाप पढ्न सक्छ ।

आगामी ८ महिनामा अध्यागमन विभागलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको महानिर्देशक पौडेलको भनाइ छ ।

उनले नेपाल भित्रिएका विदेशी नागरिकहरु कुनै पनि होटलमा बस्दा पासपार्ट स्क्यान गरेर त्यसको लिंक अध्यागमन विभागमा जोड्ने प्रविधिको विकास गर्न लागिएको उनले बताए ।

नेपाल आएका विदेशी नागरिकले खुलेआम यौनजन्य गतिविधि गरिरहेको समाचार बाहिर आएपछि उनीहरुको नेपाल बसाईमाथि कडा निगरानी राख्ने योजना अघि सारेको हो ।

पौडेलले अध्यागमनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि तत्काल २४ करोड रुपैयाँको आवश्यकता भएको बताउँदै सरकारले ६ करोड निकासा गरिसकेको बताए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here