निवृत्तभरण कोष विधयेकमाथि दफावार छलफल शुरु

19
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) । अर्थमन्त्रालयले पेश गरेको निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०७५ को विषयमा दफावार छलफल शुरु भएको छ ।

प्रतिनिधिसभाको अर्थसमितिमा विधयेकमा सम्बन्धमा दफावार छलफल शुरु भएको हो । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, अर्थसचिव राजन खनाल लगायत संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरु समेत सहभागि छन् ।

विधयेकका १२ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता भएको छ । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका नेपाली कांग्रेसका सांसद भरतकुमार शाह, सांसदहरु रेखा शर्मा, यशोदा सुवेदी, अन्जना विशंखे, विमला विश्वकर्मा र प्रेम सुवालले विधयेक संसोधनका लागि संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

चालु आर्थिक वर्षदेखि भर्ना भएका कर्मचारीहरुलाई पेन्सन दिन सरकारले ‘निवृत्तिभरण कोष’ स्थापना गर्ने विधयेकमा उल्लेख छ ।


  •  
  •  
  •