सरकारले ल्यायाे शनिबार वा रातिमात्र जेल बसेर कैद भुक्तान गर्न सकिने यस्ताे नियम

3
  •  
  •  
  •  

काठमाडौं,२५ साउन (ओएनएस) : अागामी भदौँ १ देखि लागू हुने नयाँ मुलुकी संहिताले केही अपराधमा शनिबार वा रातिमात्र जेल बस्न पाइने नियम ल्याउन लागेकाे छ। कैद सजाय भन्ने बित्तिकै २४ सै घण्टा जेलभित्र बस्नुपर्ने अवस्था भदौ १ गतेदेखि अन्त्य हुने नयाँ मुलुकी संहिताले ब्यवस्था गरेकाे छ।

भदौ १ गतेदेखि लागू हुने फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ ले शनिबार वा रातिमात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने व्यवस्था गरेको छ।

तर एक वर्षसम्म कैद निर्धारण भएको कसूरदारले मात्र यस्तो सुविधा पाउने छन्।

ऐनको दफा २७ मा सप्ताहको अन्तिम दिन वा रात्रीकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने बारे उल्लेख गरिएकाे छ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here