एकैसाथ १ सय ३८ टिपर प्रहरीले लियाे नियन्त्रणमा

329
  •  
  •  
  •  

काठमाडाैं, १५ कात्तिक (अाेएनएस) : रुपन्देहीमा प्रहरीले एकैसाथ १ सय ३८ टिपर नियन्त्रणमा लिएकाे छ। ढुंगा गिटी, क्लिंकर ओसार–पसारमा प्रयोग हुँदै आइरहेका ती टिपर प्रहरीले एकैसाथ एकैसाथ नियन्त्रणमा लिएको हाे ।

वडा प्रहरी कार्यालय, बुटवलले चालक अनुमतिपत्रविना र एउटाको चलानी बनाएर अर्कै वस्तुको ढुवानी गरेको भेटिएपछि ती टिपर प्रहरीले विशेष सूचनाकाे अाधारमा नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी निरीक्षक हेम केसीले प्रचलित नीति–नियम र टाफिक नियम उल्लंघन गरेर सञ्चालित टिपर नियन्त्रणमा लिइएको जानकारी दिए ।

अनुसार समातिएका टिपरलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला समन्वय समिति, टाफिक प्रहरी र यातायात व्यवस्था कार्यालयमा पठाइने छ।


  •  
  •  
  •