प्रधानमन्त्री ओली अस्पताल भर्ना, कुन राेगले च्याप्याे?

54
  •  
  •  
  •  

काठमाडाैं, १२ कात्तिक (अाेएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा भर्ना भएका हुन् ।

उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएकाे छन्। उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीको उपचारमा अहिले मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ ।

टाेलीमा संलग्न एक चिकित्सकले भने, ‘प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको हो । उहाँको स्वास्थ्य अहिले सामान्य छ ।’ ती चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई १/२ दिन चिकित्सकको निगरानीमै राखिनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल पुर्याएको बताए । उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल छैन ।


  •  
  •  
  •