सशस्त्र प्रहरीको बढुवा : सात डीआइजी पदकाे लागि ११ जनाबीच प्रतिष्पर्धा (नामसहित)

406
  •  
  •  
  •  

काठमाडौं, २८ असोज (ओएनएस) : गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले चाँसाे देखाएपछि झण्डै नौ महिनादेखि रोकिएको सशस्त्र प्रहरीको डिआइजी बढुवा प्रक्रिया अगाडि बढेको छ।

सात डीआइजी पदकाे लागि ११ जनाबीच प्रतिष्पर्धा हुन लागेकाे छ। गृहमन्त्री थापाले यसअघि पनि बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिंदै आएको भए पनि बढुवाको प्रक्रिया अघि बढाउन आलटाल भइरहेको थियो ।तर यस पटक भने सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया अघि बढाउँदै एसएसपीहरुसँग शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक प्रमाणपत्र बुझाउन सर्कुलर जारी गरेको छ ।

सशस्त्र मुख्यालयद्वारा जारी सर्कुलरमा एसएसपीहरूलाई बढुवा प्रयोजनार्थ आवश्यक कागजात सूचना प्रकाशन भएको १० दिनभित्र बढुवा समितिमा पेस गर्न भनिएको छ । मुख्यालयले गत शुक्रबार सूचना प्रकाशित गरेको थियो । सशस्त्रमा गत माघदेखि सात डीआईजी पद रिक्त छन् । स्राेतका अनुसार रिक्त सात डीआईजी पदमा बढुवाका लागि सशस्त्रका ११ एसएसपी तीव्र लबिङमा रहका छन् ।

प्रजा भक्त, सञ्जय राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, गोविन्द क्षत्री, सीपी गौतम, हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रह्माचार्य र राजेन्द्र बस्नेत डीआईजीमा बढुवाका आकांक्षी हुन् ।


  •  
  •  
  •