अाेलीकाे यस्ताे निर्णयमाथि अख्तियारलार्इ निगरानी राख्न लगाउन सुझाव

17
  •  
  •  
  •  

काठमाडौं, २५ असाेज (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा अाेलीले केही दिनअघि चिनी आयातकाे विषयलार्इ लिएर गरेकाे निर्णयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निगरानी राख्न लगाउन सुझाइएकाे छ। संसदको सार्वजनिक लेखा समितिद्धारा गठन गरिएकाे उप–समितिले चिनीको मूल्यमा छानबिनका साथै निगरानी राख्न आयोगलाई सिफारिस गर्न सुझावसहितकाे प्रतिवेदन बुझाएकाे हाे ।

लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले बिहीबार लेखा समितिका सभापति भरत शाहलाई अध्ययन प्रतिवेदन बुझाउँदै उक्त सुझाब दिएको हो । साथै समितिले सरकारले चिनीमा लगाएको परिमाणत्मक बन्देजको कोटा खारेज गर्न पनि निर्देशन दिनुपर्ने सुझाब दिएको छ।

मन्त्रीपरिषदले स्वदेशी उद्योलाई प्रवद्र्धन गर्न भन्दै वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गत महिना गरेको थियो। निर्णय लगत्तै बजारमा चिनीको भाउ ह्वातै बढेको छ। यसबारे छानविन गर्दै लेखा समितिले उप समिति गठन गरेको थियो।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here