सामुदायिक बन उपभोक्ता महासंघ नेपालको अध्यक्षमा पाठक

84
  •  
  •  
  •  

काठमाडौं, १८ असाेज (ओएनएस) : सामुदायिक बन उपभोक्ता महासघ नेपालको अध्यक्षमा भारती पाठक निर्बिरोध चयन भएकी छन् । महासघको असोज १५ देखि १७ सम्म काठमाण्डौमा चलेको छैठौ राष्टिय महाधिबेशनले पाठकलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो ।

त्यसैगरी उपाध्यक्ष्य भिमप्रकाश खडका, महासचिवमा बिर्ष शाही, सचिवमा ठाकुर भण्डारी र काेषाध्यक्षमा पार्वता गाैतम समेत निर्विराेध निर्बाचित भएका हुन् ।

त्यसैगरी महाधिबेशनले हिमाल पहाड तराईबाट सबै बर्ग समुह तथा जातजातिको समाबेशी प्रतिनिधीत्व रहने गरी ८५ जनाको केन्द्रीय समितीको पनि गठन गरेका छ । निर्बाचित समितीको चार बर्षको कार्यकाल रहने कुरा महासघको बिधानले नै किटान गरेको सचिव ठाकुर भण्डारीले बताए ।

उनले भने’महासघको स्थापना देखि नै स्थानिय स्तरमा बिभिन्न बिकासका काम सगसगै प्राकृतिक स्रोतमा स्थानियको पहुच र अधिकारको पक्षमा वकालत गर्दै आएकोले आगामी दिनमा पनि यसै सवालमा निरन्तर पैरबी गर्नु पर्नेमा हामी कटिबद्ध छौ ।’सामुदायिक वनले स्थानीय स्तरमा बिशेष गरी महिलाहरुको नेतृत्व बिकास, जनचेतना फैलाउने, प्राकृतिक स्रोतमा स्थानीय समुदायको हक अधिकार शुनिश्चित गर्ने मात्र नभएर अन्य बिकासका काममा समेत काम गर्दै आएको छ ।

देशभरी क्रियाशिल उपभोक्ता समुहहरुको सकृयतामा विस २०५२ सालमा प्रतिनिधिमूलक छाता संगठनको रुपमा स्थापीत सामुदायिक वन उपभोक्ता महासघ नेपालले राष्टिय तथा अन्र्तराष्टिय स्तरमा नै ख्याति प्राप्त गर्न सफल भएको छ ।

नव निर्बाचित अध्यक्ष पाठक महासंघले वातावरण व्यवस्थापन तथा जैबिक बिबिधता संरक्षण र दिगो वन व्यवस्थापनमा क्रियाशिल हुँदै आएको बताउँदै आगामी दिनमा पनि बिशेषत स्थानीय समुदायको अनि यससगै सिगो मुलुकको समृद्धिको पक्षमा आफुहरु लागिरहनेमा आफु र आफ्नो सम्पूर्ण टिम कठिबद्ध रहेको बतार्इन्।‘आज सामुदायिक बन उपभोक्ता महासघ नेतृत्व विकास गर्ने बिश्वबिद्यालय सरह स्थापित भएको छ, परिणाम स्वरुप राज्यका हरेक निकायमा महिलाको ५० प्रतिशत सहभागीत हुन सम्भव भएको छ । मुलुकमा नै पहिलो पटक सस्थागत संरचनामा ५० प्रतिशत त्यसमा पनि निर्णायक तहमा महिला हुनुपर्ने भन्ने महासंघको बिधानमा व्यवस्था गरिएको परिणाम स्वरुप नै महासंघले महिला नेतृन्व पाउन सहयोग पुगेको स्मरण गराउँदै’ उनले भनिन्’, हामी राज्यको कुनै पनि निकायमा महिलाको निर्णायक सहभागीता चाहन्छौ ।’

महासघंमा आफुसहित गरेर दुइ पटकसम्म महिला नेतृत्व प्राप्त गर्न सफल भएको तर्फ इंकित गर्दै,’ उनले भनिन् महासघको निरन्तर प्रयास स्वरुप महिलाहरु बिभिन्न स्थानमा निर्णायक तहमा पुग्न सफल हुनु भएको छ।’ अवका दिनमा भने समान समाबेशी सहभागीता मात्र नभएर उनीहरुको क्षमता र दक्षताको विकासमा पनि काम गर्नुपर्ने आफूले महशुष गरेको उनले बताइन ।

महामहाधिबेशनमा मुलुकभरका सातै प्रदेशका ७७ जिल्लाबाट ७०० प्रतिनिधिको उपस्थिती रहेको थियो । वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमसिलता र सशक्त संगठन समृद्धिको आधार भन्ने नाराका सहित आयोजना गरिएको महाधिबेशनको उद्घाटन बन तथा बातावारण मन्त्री शक्ति बस्नेतले गरेका थिए ।


  •  
  •  
  •