चालक निदाउँदा बबरमहलमा गम्भीर दुर्घटना, दुईकाे अवस्था गम्भीर!

71
  •  
  •  
  •  

काठमाडौं, १७ असाेज (ओएनएस) : बबरमहलमा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो पौने २ बजे गुडिरहेको कारको चालक निदाउँदा भएकाे दुर्घटनामा परी उनीहरु गम्भीर घाइते भएका हुन् ।

बानेश्वरबाट माइतीघर तर्फ गइरहेको बा १० च ४३४३ नम्बरको कारको चालक चर्को घामकाे रापले अकस्मात् निदाए । चालक निदाएपछि कार आफ्नो लाइन छोडेर विपरित स्थानम पुगेकाे बताइएकाे छ। बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

उनीहरुलाई तत्कालै अस्पताल लगिएको छ । तर, दुबैको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा कारको अगाडिको भागमा क्षति पुगेकाे छ भने मोटरसाइकलमा समेत क्षति पुगेकाे छ।


  •  
  •  
  •