कामचोर ठेकेदारलाई कारबाहीः गृह र भौतिक मन्त्रीबीच विवाद !

88
  •  
  •  
  •  

काठमाडाैं, ४ असार : गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन्।

मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएन, पक्राउ परेमा छुटाउने आशयको अभिब्यक्तिसमेत दिएका छन्।

यसरी कामचोर ठेकेदार लाई कारवाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड समालेका दुई मन्त्रीबीच मतभेद देखिएको हाे।

नागरिक दैनिकको समाचार अनुसार काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहको चेतावनीविपरित गई तालुक मन्त्रालयका मन्त्री महासेठले व्यवसायीलाई पक्राउ पर्नबाट जोगाउने प्रतिबद्धता जनाउँदै विरोधाभासपुर्ण टिप्पणी गरेका हुन् ।


  •  
  •  
  •