विश्वकै सर्वाधिक धनी बेजोस दम्पत्तिले गरे सम्बन्ध विच्छेद

18
  •  
  •  
  •  

काठमाडौं, २७ पुस (एजेन्सी) :  विश्वकै सर्वाधिक धनी अमेजन कम्पनीका संस्थापक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ वर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेको घोषणा गर्दै सम्वन्ध विच्छेद गरेका छन्।

REUTERS

अमेजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अत्य गरेको उल्लेख गरेका छन्।  उनीहरुले आफूहरु श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन्।
‘लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्एिका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ,’ वक्तव्यमा भनिएको छ ।

एक अर्काप्रति कृतज्ञाता प्रकट गर्दै उनीहरुले लेखेका छन्, ‘हामीले सँगै विताएको समय अत्यन्त सौभाग्यपूर्ण थियो, एक अर्कालाई पाएकोमा हामी भाग्यमानी हौँ, हामी एक अर्काप्रति कृतज्ञता ज्ञापन गर्दछौँ।’

उनीहरुले ‘अहिले सम्वन्ध विच्छेद हुने कुरा विवाह अगाडी नै थाहा पाएको भएपनि हामीले विवाह गर्ने थियौँ’ भनेका छन्।

यो जोडीका तीन छाेरा र एक धर्मपुत्री छन्। करिब २५ वर्ष पहिले स्थापना भएको अमेजन कम्पनी विश्वकै सवैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ।

अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ती एक खर्ब ३५ अर्ब पुगेको र अहिलेको अवस्थामा अब विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस बनेका अमेरिकी सफ्टवेयर कम्पनी ब्लुमवर्ग अर्बपति सूचकाङ्कले सोमबार मात्रै देखाएको थियो । उनले माइक्रोसफ्टका विल गेट्सलाई सन् २०१७ मा पछि पार्न सफल भएका थिए।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here