श्रम स्वीकृतिकाे टोकन अब अनलाइनबाटै

38
  •  
  •  
  •  

काठमाडौं, मंसिर (अाेएनएस) : श्रम स्वीकृति लिन अब अनलाइनबाटै टोकन प्राप्त हुने सरल प्रणालीकाे सुरुवात भएको छ । वैदेशिक रोजगारको कार्यालय ताँहाचलले वैदेशिक राेजगारमा जानका लागि श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन आइतबारबाट यो प्रणालीकाे सुरुवात गरेकाे हो ।

पछिल्लो दिनमा कार्यालयमा सेवा लिन अाउँने सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको अवस्थामा कार्यालयले यस्ताे प्रणालीकाे सुरुवात गरेर सेवाग्राहीलार्इ सजिलाे बनाएकाे छ। त्यसैलाई व्यवस्थापन गर्ने गरी अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन सुरु गरिएको हो । नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरिएको छ ।

हाल कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआर्इएमएस) मा अनलाइन आवेदन भर्नुपर्छ । अब त्यसमै टोकन नम्बर उल्लेख गर्ने व्यवस्था गरिएको छ । अब यसमै तोकिने मिति र समयमा मात्र सेवा ग्राही विभागमा सेवा लिन जान सक्छन् ।

तोकिएको समयमा तोकिएका सेवा ग्राही मात्रै आउादा एकैपटक कार्यालयमा भीड जम्मा नहुने अपेक्षा गरिएको छ । अनलाइन टोकन सुरु भएपछि बिचौलियाको चलखेल पनि घट्ने अपेक्षा विभागको छ ।

 


  •  
  •  
  •