मंसिर ८ मा नेकपाले जनसभा गर्दै, विप्लव नअाउने भएपछि प्रकाण्डले सम्बोधन गर्ने

37
  •  
  •  
  •  

काठमाडौं, ३ मंसिर(ओएनएस) : लामाे समयदेखि संघर्षरत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) ले मंसिर ८ मा संघीय राजधानी काठमाडौंमा जनसभा गर्ने तयारी गरेको छ । जनसभा र प्रदर्शनमा स्वयम विप्लव नआउने भएपछि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सम्बोधन गर्ने स्राेतले बताएकाे छ।

सोही जनसभा मार्फत विप्लव सार्वजनिक हुने भनिएपनि सरकारकाे अादेशमा प्रहरीले पक्राउ गर्ने सूचनाका आधारमा उनी नआउने भएका हुन् । सभामा आगामी रणनीतिबारे पार्टीको धारणा पनि उनले सार्वजनिक गर्ने नेकपाले जनाएको छ ।


  •  
  •  
  •