‘यसकरण दीपिकाले आफ्नो विवाहमा बोलाइनन् कट्रिनालार्इ’

684
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक (अाेएनएस) : बलिउड सेलिब्रिटीहरुमा अहिले विवाह गर्ने लहर नै चलेकाे अनुमान लगाउन सकिन्छ। दीपिका पादुकोण र रणबीर सिंहबीच पर्सि हुन लागेकाे विवाहकाे लागि उनीहरु इटली पुगिसकेका छन् । उनीहरुको विवाहको तयारी यतिबेला धुमधामकाे साथ चलिरहेको छ । विवाहको तयारीबीच भेन्युका विभिन्न तस्बिर पनि सोसल मिडियामा सार्वजनिक भइरहेको छ ।

बलिउडबाट यो विवाहमा को–को समावेश हुँदैछन् त्यसबारे पनि चर्चा भइरहेको छ । भारतीय मिडियाले प्रकाशित गरेकाे खबरलाई विश्वास गर्ने हो भने यो रोयल विवाहमा दीपिका रणबीरको परिवार र नजिकका आफन्त मात्रै इटाली पुग्नेछन् । कफी विद करण च्याट शाेमा करण जोहरले कट्रिना कैफसँग दीपिका रणबीरको विवाहबारे कुरा उठाउँदै रमाइलाे गफ गरेका छन् ।

यो च्याट शोमा कट्रिनाले आफू विवाहको कार्डको प्रतिक्षा गरिरहेको र उनीहरुको विवाहमा निकै उत्साहित भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘तर मलाई थाहा छ विवाहको कार्ड मैले पाउने छैन ।’

स्मरण रहोस्, कट्रिना दीपिकाका पूर्व प्रेमी रणबीर कपुरकी पूर्व प्रेमिका हुन् । यसै कारण यी दुईबीच राम्रो सम्बन्ध नभएको बताइन्छ ।


  •  
  •  
  •