डेटिङकाे लागि उमेर घटाइ पाऊँ भन्दै अदालतमा मुद्दा दयार!

67
  •  
  •  
  •  

काठमाडौं, २७ कार्तिक (एजेन्सी) :विश्वमा दिन प्रति दिन अचम्भित पार्ने खालका थरीका घटना भइरहेका छन्। यसै क्रममा नेदरल्याण्डमा निकै अनौठो घटना भएको छ। नेदरल्याण्डका एकजना मानिसले बढीभन्दा बढी महिलाहरुसँग डेटिङ गर्नका लागि आफ्नो उमेर घटाउन अदालतमा मुद्दा नै दर्ता गरेका छन्।

६९ वर्षका ती मानिसले आफ्नो उमेर घटाएर ४९ वर्ष बनाउन चाहन्छन् ता कि उनलाई डेटिङका मौका पर्याप्त मिलाेस् ।कानूनी रुपमा उमेर घटाउने प्रयोजनका लागि उनी एम्सटर्डमस्थित स्थानीय अदालतमा पुगेर मुद्दा नै दर्ता गरेका हुन् । डेटिङको दुनियामा बढीभन्दा बढी मौका प्राप्त गर्नका लागि आफ्नो उमेर वास्तविक भन्दा २० वर्ष घटाउने उनको इच्छा छ ।

पत्रकार तथा प्रवचकसमेत रहेका एमिल रेटलब्याण्डको वास्तविक जन्ममिति सन् १९४९ मार्च ११ हो । तर, उनी त्यसलाई बदलेर सन् १९६९ को मार्च ११ बनाउन चाहन्छन् ।

मान्छेले आफ्नो नाम तथा लिंग बदल्न पाउँछन् भने उमेर पनि बदल्न पाउनु पर्छ भन्ने उनको तर्क छ ।

डेटिङ साइट टिन्डरमा आफ्नो उमेर ६९ वर्ष रहेको हुँदा आफूलाई डेटिङमा कसैले पनि प्रस्ताव नगर्ने र आफ्नो प्रस्तावको जवाफ पनि कसैले नफर्काउने गरेको उनको गुनासो छ । ४९ वर्ष उमेर भएमा स्थिति निकै राम्रो हुने उनको विश्वास छ ।

अदालतमा उनले दायर गरेको यो अनौठो मुद्दाको सुनुवाई ४ हप्ताभित्रमा पूरा हुनेछ ।

आफुलाई युवा भगवानको नामले पनि चिनाउने एमिल अहिले पेन्सन पाउँछन् । यदि आफ्नो उमेर घटेमा आफु पेन्सन सुविधा त्याग्न पनि तयार रहेको उनी बताउँछन् ।


  •  
  •  
  •