गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार छौँ : योगेश भट्टराई

53
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् । नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे ।

डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाण्डौ आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे । “तपाई काठमाण्डौ आउनुस् । वार्ता गर्न सरकार तयार छ । अनशन बसिरहनु पर्दैन ।”–उनले भने ।

जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार दिनका लागि सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाण्डौ र कहिले जुम्ला पुगेर अनशन बस्न नपर्ने बताए ।

“गोविन्द केसीसँग बन्द कोठाभित्र होइन, खुला मञ्चमा बसेर वार्ता गर्न तयार छौँ । सबै टेलिभिजन बोलाएर प्रत्यक्ष प्रशारण गर्दै वार्ता गरौँ । यसका लागि अनशन तोड्नुस, स्वस्थ हुनुस् ।” भट्टारईले भने ।

हरेक पटकको अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उनले केसीको अनशनको उद्देश्य नै शंकास्पद रहेको दाबी समेत गरेका छन् ।


  •  
  •  
  •