घुस काण्डमा मुछिएपछि प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका इन्सपेक्टर तानिए, पुगिन् यी लेडी इन्सपेक्टर

22
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौँ (ओएनएस) : प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका इन्सपेक्टरलाई सो स्थानको जिम्मेवारीबाट हटाएको छ। जुनियर अफिसरसहित मातहतका ९ जना प्रहरी कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका इन्सपेक्टरलाई सो स्थानको जिम्मेवारीबाट हटाएको हाे ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी मनोज नेउपानेले प्रहरी प्रधान कार्यालयले काँडाघारी र कोटेश्वरमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई तानेर नयाँ टिम पठाउन लागिएको बताए। उनका अनुसार काँडाघारी र कोटेश्वरमा कार्यरत सबैलाई अन्यत्र खटाएर आन्तरिक अनुसन्धान गर्ने तयारी भइरहेकाे छ।

उनले महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजु लामालाई सामाखुसीस्थित पहरा गणमा पठाएको छ भने काँडाघारीका इन्स्पेक्टर हरि ओझालाई २ नम्बर गणमा पठाइएको छ । डिआईजी नेउपानेले लामाको ठाउँमा इन्सपेक्टर एलिजा गिरीलाई कोटेश्वर प्रभागको जिम्मेवारी दिइएको छ भने काँडाघारीमा इन्सपेक्टर सुधिर राईलाई जिम्मेवारी दिइएको बताए।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here