१७ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएपछि पक्राउ

55
  •  
  •  
  •  

भद्रपुर, १७ कात्तिक (अाेएनएस) : आफ्नै नाताकी १७ वर्षीया युवतीलाई एक ५० वर्षीय अधवैँसेले बलात्कार गरी गर्भवती बनाएपछि प्रहरीकाे फन्दामा परेका छन्। गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया प्रहरीकाे फन्दामा परेका हुन्। सोही गाउँपालिकाकी ती युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनलार्इ प्रहरीले शुक्रबार पक्राउ परेको गरेकाे हाे ।

पीडित युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । उनी पाँच महीनाकी गर्भवती भएको बताइएको छ । युवतीको स्वास्थ्य परीक्षणका लागि आजै मेची अञ्चल अस्पताल पठाइने प्रहरी प्रमुख पौडेलले बताए ।

अभियुक्तलाई सोही कार्यालयमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •