भ्रष्टाचारको आरोपमा नेयमारलार्इ ६ वर्ष जेल हुन सक्ने

596
  •  
  •  
  •  

काठमाडौं,१६ कार्तिक (एजेन्सी) :  भ्रष्टाचारको आरोपमा मुछिएका नेयमारलार्इ ६ वर्षसम्म जेल हुन सक्ने बताइएकाे छ।सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा स्थानान्तरणको बेला घोखाघडी र भ्रष्टाचारको आरोप लागेकाे थियाे ।

स्पेनिसका एक न्यायाधीशले नेयमारकाे अाराेप प्रमाणित भए ६ वर्ष जेल सजाय हुन सक्ने बताए। ब्राजिलियन इन्भेस्टमेन्ट फर्म डिआईएसले उक्त सम्झौताबिरुद्ध उजुरी गरेपछि नेयमारमाथि समस्या बढेको हो । उक्त कम्पनीले सो सम्झौताको वास्तविक रकम गैरकानूनी रुपमा लुकाइएको कारण आफूहरुले कम रकम प्राप्त गरेको आरोप लगाएको छ ।

नेयमार सन् २०१७ मा विश्वकै महङ्गो खेलाडी बन्दै २० करोड पाउण्डमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेनसँग आबद्ध भइसकेका छन् । स्पेनमा २ वर्ष वा सोभन्दा कम सजायमा जेल जान पर्दैन तर नेयमारबिरुद्ध सोभन्दा बढी जेल सजाय माग गरिएको छ ।

नेयमारको साथै उनको आमाबाबु, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र पूर्व अध्यक्ष सान्ड्रो रसलबिरुद्ध पनि मुद्दा छ । यही काण्डका कारण रसलले सन् २०१४ मा क्लबको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

स्पेनको अदालतले नेयमारको मुद्दालाई तीन न्यायाधीशको ठूलो बेञ्चमा पठाउने फैसला गरेको छ ।जानकारीका अनुसार ८.६२ करोड युरोमा नेयमार बार्सिलोना आए पनि त्यतिबेला क्लबले करिब ४ करोडमा उक्त सम्झौता भएको जानकारी दिएको थियो ।

यदपि, ठूलो बेन्चले यसबारेमा सुनवाई कहिले शुरु गर्छ भन्ने कुराको अझै फैसला भएको छैन ।यसबारेमा नेयमारको पनि केही बयान आएको छैन ।


  •  
  •  
  •