बढी भाडा लिने सार्वजनिक यातायात कारवाहीमा

12
  •  
  •  
  •  

काठमाडाैं, २८ असाेज (अाेएनएस) : दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको ।

थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि ती सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

‘विभागले  ७ सय तोकेको स्थानमा  एक हजार,  ४ सय  तोकेको स्थानमा ६ सयको चलानी गरेका सवारीलाई कारबाही गरियो, तोकेभन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाईहरूसँग कति भाडा लियो भनी सोद्धा यात्रुले सही सूचना दिएनन्, कोही बोल्नै चाहेनन्,’–उनले भने । बढी भाडा लिने सवारीलाई पाँच हजारसम्म जरिवाना गरिएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here