अाजदेखि शुरू भयो प्रतिनिधि सभामा नयाँ अभ्यास, रोस्टममै प्रधानमन्त्रीलाई प्रश्न !

27
  •  
  •  
  •  

काठमाडौँ, १२ असार (ओएनएस) : प्रधानमन्त्रीको सम्बोधन लगत्तै प्रतिनिधि सभामा प्रश्न सोध्न पाउने अभ्यासकाे थालनी भएको छ। संसद नियमावलीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरिएपनि यसअघिका दिनमा कार्यान्वयनमा आउन सकेको थिएन् । तर सभामुख कृष्णबहादुर महराले आजदेखि प्रधानमन्त्रीलाई प्रश्न सोध्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएका छन्।

प्रतिनिधि सभाको बैठकमा मंगलबार ‘सार्वजनिक महत्वको विषयमा वक्तव्य’ दिए लगत्तै सोही विषयमा प्रश्न गर्न सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसदलाई १ मिनेटको समय दिएका थिए । जसमा प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले प्रधानमन्त्री ओलीलार्इ प्रश्न गरेका थिए। प्रश्न गर्दा प्रधानमन्त्री ओली रोस्टममै उभिएका थिए ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा संसदलाई जानकारी गराएलगत्तै विपक्षी सांसदले लिपुलेकको विषयमा समेत प्रश्न गरेका थिए ।

लिपुलेकको विषयमा जवाफ दिदैँ प्रधामनन्त्री ओलीले भने,’सानो देशले जमिन छोडीछोडी कुनै देशसँग सम्झौता गर्दैन्।’ संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सत्रलाई महत्वपूर्ण अभ्यासको रुपमा लिने गरिन्छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here