बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

सर्बिन बोगटी भन्छन् ‘दशैं आयो तिहार आयो…’ (भिडियोसहित)

sarbin bogati

काठमाडौं, २८ भदौ (ओएनएस): गायक सर्बिन बोगटीले हिन्दुहरुको महान चाँड दशैं–तिहार विशेष ‘दशैं आयो, तिहार आयो…’ बोलको गीत सार्वजनिक गरेका छन् ।

बोगटीले दशैं तथा तिहार दुबै पर्वलाई समेटेर निर्माण गरिएको गीतको म्युजिक भिडियो युटूबमार्फत सार्वजनिक गरेका हुन् । गीतमा गायक बोगटीसंगै प्रगती हिङमाङ्गले स्वर दिएकी छन् । विहानी विकको लय÷शब्द रहेको गीतको म्युजिक भिडियोको एरेञ्ज बीबी अनुरागीले गरेका छन् ।

आरएनसी म्युजिक प्रालिले बजारमा ल्याएको म्युजिक भिडियोमा शेर साउँद, अञ्जली अधिकारी, जीवन बोगटी र उषा विकले अभिनय गरेका छन् ।

करण चैसिरको छायांकन र विष्णु शर्माको सम्पादनमा बनेको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

भिडियो…

 

Comments are closed.

'
Scroll To Top