बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

दशैं-तिहारका लागि नयाँ नोट वितरण सुरु

g]/f a}Fsdf gofF gf]6 yfkfynLl:yt g]kfn /fi6« a}Fsdf b;}Fsf nflu cfOtaf/ gofF gf]6 ;f6b} ;j{;fwf/0f . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २८ भदौ (ओएनएस) : दशैं तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरेको छ ।

नयाँ नोट वितरणका लागि राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय परिसरका साथै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमार्फत पनि नोट सटहीको व्यवस्था मिलाएको जनाएको छ ।

त्यस्तै, नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार र नक्सालबाट तथा कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट पनि नयाँ नोट वितरण भइरहेको छ ।

यी बैंकहरुबाट एक जनाले २० हजारसम्मका ५,१०,२०,५० र १०० का नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडलेका अनुसार उपभोक्तालाई सहज रूपमा नयाँ नोट उपलब्ध गराउने उद्देश्यले सरकारी बैंकमार्फत नोट साट्ने व्यवस्था मिलाइएको हो ।

नयाँ नोट वितरण गर्न सुरु गरिएपछि आज विहानैदेखि सर्बसाधारणहरु नयाँ नोट साँट्न सम्बन्धित बैकमा लाइन लागेका छन् ।

Comments are closed.

'
Scroll To Top