नेपाली वृत्तचित्र अमेरिकाको फिल्म महोत्सवमा छनोट

921
  •  
  •  
  •  

काठमाडौं । अमेरिकाको फिल्म महोत्सवमा नेपाली वृत्तचित्र छनोट भएको छ ।  पत्रकार मानछिरिङ तामाङ निर्देशित वृत्तचित्र ‘अ डे इन द लाइफ अफ हिमालय सेफर्ड’ छनोट भएको हो । सो वृत्तचित्र भेडी गोठालाको बारेमा बनाइएको निर्देशक तामाङले जानकारी दिएका छन् ।

छनोट भएसँगै अब उक्त वृत्तचित्र ओहायो राज्यको मारित्तास्थित पिपल्स बैंक थिएटरको द कोलोनी सर्ट फिल्म महोत्सवमा प्रदर्शन गरिने छ । मार्च १ र २ मा हुने फिल्म महोत्सवमा तामाङको वृत्तचित्र दोस्रो दिन प्रदर्शन गरिने बताइएको छ ।

आयोजकले वेबसाइटमा राखेको सूचना अनुसार उक्त वृत्तचित्रसहित विभिन्न देशबाट ३० वटा वृत्तचित्र छनोट भएका छन् । सबै वृत्तचित्रलाई क्रमशः प्रदर्शन गरिने आयोजकले बताएको छ ।

‘अ डे इन द लाइफ अफ हिमालय सेफर्ड’ले धादिङको रुवीभ्याली क्षेत्रमा परम्परागत रुपमा अपनाउँदै आएको भेडी गोठालाको जीवनचक्र समेटिएको निर्देशक तामाङले बताए । वृत्तचित्रले नेपालको हिमाली जनजीवनलाई जीवन्त उतारेर पर्यटन प्रबर्द्धनमा टेवा पु¥याउने समेत उनले बताए ।

‘अमेरिकाको महोत्सवमा उक्त वृत्तचित्र छनोट हुनु नै खुसीको कुरा हो,’ निर्देशक तामाङले भने, ‘महोत्सवमा प्रर्दशन हुने वृत्तचित्रले आगामी नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउनेछ ।’


  •  
  •  
  •