बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

एसीसी यू–१९ इस्टर्न क्रिकेट: नेपाल भुटानविरुद्ध ९ विकेटले विजयी

U-19-Cricket-team
काठमाडौं, २८ भदौ (ओएनएस): एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।

मलेसियामा जारी प्रतियोगितामा आज विहान भएको खेलमा नेपालले भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले आठ ओभर तीन बलमा पूरा गर्दै सहज जित निकालेको छ ।

यससंगै नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। नेपालको इनिङमा आसिफ शेख २३ र अनिलकुमार साह ४ रनमा नटआउट रहे। ओपनर सन्दीप सुनारले २१ रन बनाए ।

भुटानका लागि छिरिङ पेनजोरले एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिले व्याटिङ गरेको भुटानले २८ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्र बनाउन सक्यो । सो क्रममा नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए।

कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए। यस्तै सन्दीप लामिछाने ७ ओभर बलिङ गर्दा ३ मेडन राखेर ७ रन दिदै ४ विकेट लिए। नन्दन यादवले १ विकेट लिए।

भुटानका लागि दुई खेलाडीले मात्र दोहोरो स्कोर बनाउन सके । कप्तान तासी फुन्ट्सोले सर्वाधिक १६ रन बनाए भने ओपनर उग्यन दोर्जीले १३ रन बनाए। यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २५५ रनको जित निकालेको थियो।

Comments are closed.

'
Scroll To Top