नेपाल साफ च्याम्पियनसिपकाे सेमिफाइनलमा

48
  •  
  •  
  •  

काठमाडाैं, २४ भदाै (अाेएनएस) :  आयोजक बंगलादेशलाई  पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार ढाकास्थित बङ्गबन्धु रंगशालामा भएको खेलमा नेपालले  बंगलादेशलार्इ २–० गाेल अन्तरले पाखा लगाएकाे हाे।

खेलकाे  ३३औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरे ।

पहिलो हाफमा १–० गोलले अग्रता लिएको नेपालका लागि ८९औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आग्रता दोब्बर बनाएका थिए । जीतसँगै नेपाल ६ अङ्क जोड्दै समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश ग¥यो । समान अङ्क भए पनि पाकिस्तान गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश ग¥यो । बङ्गलादेश र भूटान प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।

सेमिफाइलनको खेल आगामी मंगलबारदेखि हुनेछ । साफको बाह्रौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँचौँपटक सेमिफाइनल पुगेको हो


  •  
  •  
  •