नेपालकाे ऊर्जा क्षेत्रमा लगानी गर्न युएर्इलार्इ आग्रह

16
  •  
  •  
  •  

काठमाडाैं, २७ भदाै (अाेएनएस) : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्वीबीच शिष्टाचार भेटवार्ता भएकाे छ।

भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)लाई आग्रह गर्नुका साथै सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको जानकारी गराएका थिए। सिंहदरबारमा भएकाे भेटमा मन्त्री पुनले केही ठूला परियोजनामा लगानीका लागि युएई सरकारलाई अनुरोध गरे।

युएईले सन् २०१९ को जनवरीमा ऊर्जा सम्मेलन आयोजना गर्न लागेको छ । सोही सम्मेलनको निम्तो दिन राजदूत हमादनले मन्त्री पुनसँग भटवार्ता गरेका हुन्।

सो अवसरमा नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । युएईले नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले भेटमा अवगत गराए। ऊर्जामा युएईको लगानी आवश्यक परे आफ्नो सरकारसँग औपचारिक आग्रह गर्न त्यसका लागि सहजीकरण गर्न सकिने राजदूतको भनाइ थियो ।

युएईले १७० देशको सहभागिता हुने गरी ऊर्जा सम्मेलन गर्न लागेको राजदूतले जानकारी गराए। उक्त सम्मेलनमा प्रत्येक वर्ष नेपालले प्रतिनिधित्व गर्दै आएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here