बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

मानसिक रोगीहरूको सारथी बन्दै स्नेही काख

मानसिक रोगीहरूको सारथी बन्दै स्नेही काख

nepal-snehi-kaakhaकाठमाडौं, १९ कात्तिक (अाेएनएस) :  कयौं मानसिक रोगी उपचार नपाएर सडकपेटीमा भौतारी रहेका हुन्छन्। झर्किने, बर्बराउने, भाग्ने, लखेट्ने गरिरहेका मानसिक रोगीलाई केवल खाँचो रहन्छ, उपचारको।

तर, मानसिक रोगको उपचार महंगो हुने भएकाले पनि कतियका आफ्न्तहरू उपचार गराउन छोडेर त्यसै छोडिदिन्छन्। जसकारण मानसिक रोगीको पीडामा मल्हम होइन झन घाउ बल्झन्छ। कयौं मानसिक रोगीहरू सडकका गल्लीमा भौतारिरहेका हुन्छन्।

यी र यस्तै मानसिक रोगबाट पीडितहरूको सहयात्री बनेको छ, ललितपुरस्थित नेपाल स्नेही काख। स्नेही काखमा मानसिक रोगबाट पीडित १८ जना उपचारार्थ अवस्थामा रहेका छन्। सन् २०१० सालमा स्नेही काखको स्थापना भएको हो।

मानसिक असन्तुलन गुमाउन पुगेका बालबालिका, युवा र बृद्धबृद्धा गरी ३८ जनाले स्नेही काखबाट सेवा लिइसकेको स्नेही काखकी संस्थापक श्रीनेहा पोखरेलले जानकारी दिइन्।

पीडामा रहेका मानवलाई केही सहयोग गर्नुपर्छ भन्ने भावले संस्था स्थापना गरेर सहयोग थालिएको उनी बताउछिन्।

सात वर्ष अघि क्याम्पसबाट फर्कने क्रममा सडकमा भौतारिरहेका युवालाई देखेर मनमा दया जागेको स्मरण गर्दै श्रीनेहा भन्छिन्, ‘त्यहीँबाट सेवाको भाव पलाएको हो।’
मानसिक सन्तुलन गुमाएकाहरुको हेरचाहा गर्न निकै कठीन हुने गरेको उनको अनुभव छ।

मानसकि असन्तुलन गुमाएकाको औषधिउपचार गर्न रकम नहुँदा गरगहना समेत बिक्री गरेको तितो अनुभव छ, श्रीनेहासँग। अहिले सहयोगी हातहरूबाट पनि रकम उपलब्ध हुन थालेपछि मानसिक सन्तुलन गुमाएकाहरूको हेरचाह एवं औषधिउपचारका लागि सहज भएको उनले बताइन्।

साथीहरूको सहयोगमा निस्वार्थ रुपमा नेपाल स्नेही काखको जन्म भएको श्रीनेहाको भनाइ छ

उक्त संस्थामा रहेकासबै मानसिक बिरामीहरूश्रीनेहालाई ‘आमा’ भनेर सम्बाेधन गर्ने गरेका छन्। हाल २० जना मानसिक रोगीहरू पूर्ण रुपमा निको भएर गइसकेका छन्।

ललितपुरको कुसुन्ती हाइटीमा रहेको स्नेही काखमा पाँच बालबालिका, नौ महिला र चार पुरुष उपचारार्थ छन्। उनले बिरामीका लागि घर बहालमा लगेकी छन्।  मानसिक सन्तुलन गुमाएकाहरुको उपचारका लागि नै अस्पताल निर्माणको महत्वाकांक्षि योजना उनीसँग छ।

Comments are closed.

'
Scroll To Top