युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

929
  •  
  •  
  •  

काठमाडौं, ३० पुस(ओएनएस) : थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो खेलसम्म विजय यात्रालाई लम्बाउने क्रममा १ सय ६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपाल १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भएको हो ।

यो जितसँगै समुह ‘ए’ बाट नेपाल एक खेल अगावै अन्तिम ४ मा प्रवेश गरेको छ । नेपालको जितमा ओपनर काज श्रेष्ठ र सिता राना मगरले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । सिताले ३५ बलमा ४ चौका प्रहार गर्दै ३७ रनको योगदान दिइन् ।

त्यस्तै काजलले ४२ बलमा २४ रन जोड्न सफल भइन् । इन्दु बमा १३, डोली भट्ट ७, कप्तान रुविना क्षेत्री वेलवासे १० र नेरी थापा ६ रनमा नट आउट रहे । युएईका लागि ईशा ओझा र हुमीरा तास्नेम,चामणी सेनेविरत्नेले समान एक विकेट लिए ।

एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन ५ बनाएको थियो । उसका लागि ओपनर छाँया मुगलले सर्वाधिक ३१ रन बनाइन् । उनले ४३ बलमा १ चौका प्रहार गरिन् ।

मुगललाई सोनु खड्काले १७.३ ओभरमा इन्दु बर्माको हातबाट क्याच गराएकी थिन् । ओपनर ईशा ओझा र मुगलले पहिलो विकेटको लागि ३५ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए ।

सिता राना मगरले ५.२ ओभरमा इन्दु बर्माको हातबाट क्याच गराउँदै ओझालाई २८ रनमा पेभिलिएन फर्काएकी थिन् । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरिन् ।

त्यस्तै चामणी सेनेविरत्नेले ३० बलमा १ चौका प्रहार गर्दै २३ र निहा शर्मा २ रनमा नट आउट रहे । काभिशा कुमारी ५ रन बटुलिन् ।

नेपालका लागि करुणा भण्डारी,सोनु खड्का र सिता राना मगरले समान १–१ विकेट लिए । यस अघि नेपालले पहिलो खेलमा चीनलाई १० र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

१० देश सहभागीता रहेको यस प्रतियोगितामा दुई विभाजन गरिएको छ । ग्रुप ‘ए’ मा नेपाल सहित युएई,चीन,थाइल्यान्ड ए,मलेसिया छन् ।

त्यस्तै ग्रुप बी मा थाइल्यान्ड, हङकङ, इन्डोनएसिया,भुटान, र म्यानमार रहेका छन् । नेपालले समुह चरणको अन्तिम खेल थाइल्यान्ड ए सँग बुधबार खेल्ने छ ।


  •  
  •  
  •