शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

नेपाल किन बन्न सकेन ?

नेप���ल किन बन्न सकेन ? भन्ने बिषयमा ���उटलाईन मिडिया (www.onsnews.com)ले निरन्तर छलफल बहस चलाउदै यसका कारणहरुको बारेमा अ���्ययन गरिरहेको छ । बीबीसीका अनुभवी पत्रकार सुशील शर्माको नेतृत्वमा यस बिषयमा हामीले केही अध्ययन अगाडि बढाउँदा त्यसको उत्तर भन्दा पनि प्रश्न माथि प्रश्नहरू थपिँदै गए । यीनै प्रश्नहरुलाई आधार बनाएर पत्रकार शर्माले देशका प्रमुख संचारगृहका सम्पादक, राजनीतिक दलका नेता लगायत विभिन्न क्षेत्रका विज्ञ ब्यत्तित्वहरूको बीचमा प्रश्न राख्नु भयो : “नेपाल किन बन्न सकेन ?”
श्रोत र साधनमा नेपालभन्दा गरीब धेरै देशले विकासको लामो लामो फड्को मारिसक्दा श्रोत र साधनको धनी नेपाल अझैपनि गरीब छ, किन?
राजनीतिक तन्त्रले पटक पटक धेरै कोल्टे फे-यो तर अर्थतन्त्रको मुहार फ़ेरिएन, किन?
नेपाल बनाउने कुरा धेरै भए, तर नेपाल बन्ने काम भएन, किन?
के नेपाल बन्दै बन्दैन? बन्छ भने कसरी बन्छ? कहिले सम्म बन्छ?
आखिर, अहिलेसम्म “नेपाल किन बन्न सकेन?”
त्यस कार्यक्रममा पत्रकार शर्माले प्रस्तुत गर्नुभएका बिषयहरुलाई कान्तिपुर दैनिकले प्राथमिकताका साथ प्रकाश��� गरिदिएसँगै यस बिषयको बहस थप फराकिलो भएर गएको छ । त्यसैको आधारमा विभिन्न तर्क वितर्क जारी नै छन् । यसको लागि कान्तिपुर दैनिकक������� स�������्पादक सुधीर शर्मा प्रति हामी आभारी छौँ ।
हामीले यस प्रश्नको उत्त��� खोज्ने कामलाई निरन्तरता दिइनै रहेका छौँ । यस क्रममा भेटिएका विभिन्न पक्षका उत्तर अनि त्यसमाथि थप हुँदै गएका प्रश्नहरू त���ाईहरूको बीचमा पहिला जस्तै ल्याउदै जाने छौ ।
यसैक्रममा नेपाल किन बन्न सकेन ? भन्ने प्रश्न र त्यसका कारणको खोजी अब रेडियोबाट…

वि.स. २०७२ बैशाखदेखी सुरू गरिएको रेडियो कार्यक्रम “नेपाल किन बन्न सकेन ?” को पहिलो कार्यक्रम बैशाखको पहिलो शनिबार अर्थात् बैशाख ५ गते प्रशारण गरिएको छ। सुन्नुहोस् उक्त कार्यक्रम मात्र ओएनएस न���य�����ज डट कममा…

[sc_embed_player fileurls= ” https://www.youtube.com/watch?v=XN4_GrxQCAY”]


One comment

'
Scroll To Top