नेपाल र जापानबीच हवाई सेवा सम्झौता

नेपालका एयरलाइन्सले दैनिक दुई उडान भर्न पाउने
23
  •  
  •  
  •  

काठमाडौं, २६ पुस(ओएनएस) : नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएको छ ।

गत असार १४ गते पुनरावलोकन भएको हवाई समझदारी लागू गर्न दुई देशका परराष्ट्र मन्त्रीबीच सम्झौता भएको हो ।
बुधबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानी समकक्षी तारो कोनोले नोट आदान प्रदान गर्दै समझदारी कार्यान्वयनमा ल्याएका हुन् ।

नयाँ व्यवस्थासँगै नेपालका एयरलाइन्सले जापानको हानेदा एयरपोर्ट बाहेकका विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने भएका छन् ।

भेटको क्रममा जापान सरकारले ल्याएको नयाँ अध्यागमन नीति अनुसार नेपाली श्रमिक जापान पठाउने विषय पनि छलफल भएको छ ।

जापानका परराष्ट्रमन्त्री तारो कानोले द्धिपक्षीय सम्बन्धलाई थप उचाईमा पु¥याउन निरन्तर उच्चस्तरीय भ्रमणको आदानप्रदान हुनुपर्ने बताएका थिए ।

नयाँ सम्झौताअनुसार नेपालका एयरलाइन्सले दैनिक २ उडान जापानका विभिन्न सहरमा गर्न पाउनेछन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here