‘नेपाल आइडल’ को फाइनल पुस ६ गते

21
  •  
  •  
  •  

काठमाडौं, २८ मंसिर(ओएनएस) : सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ सिजन २ को फाइनलमा चार जना प्रतिस्पर्धीलाई लगिने भएको छ ।

बिहीबारको प्रस्तुतीमा मुख्य निर्णायक न्युह् बज्राचार्यले चारै जना प्रतिस्पर्धीलाई फाइनलमा लैजाने बताएका हुन् ।
प्रतिस्पर्धाका उत्कृष्ट चार विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र रवी ओड फाइनलमा पुगेका छन् ।

फाइनल पुस ६ गते ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुने भएको छ । विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here