बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

नेपाल आइडलबाट सागर आले बाहिरिए, अन्तिम प्रतिस्पर्धा असोज ६ गते

nepal idol
काठमडाौं, २४ भदौ (ओएनएस) : एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको अन्तर्राष्ट्रियस्तरको रियालिटी शो नेपाल आइडलको उत्कृष्ट चारबाट सागर आले बाहिरिएका छनन् ।

शुक्रबार साँझ भएको एलिमिनेशन राउण्डमा कम भोट आएकै आधारमा उनी नेपाल आइडलबाट बाहिरिएका हुन् । सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन्।

अन्तर्राष्ट्रिय फरम्याट अनुसार निर्णायकले अघिल्लो साता नो एलिमिनेशन राउण्ड घोषणा गर्दै चारै जनालाई सुरक्षित गरेका थिए।
नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ (असोज ६ गते)मा कतारमा हुँदैछ। फाइनलमा पुगेका तिनै जनालाई पुरस्कार राशीको व्यवस्था गरिएको छ ।

जसअनुसार तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार र विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

यसअघि नो एलिमिनेशन राउडमा दर्शकको भोट मागेपनि कसैलाई पनि आउट नगरको भन्दै अदालतमा रिट समेत गरेको थियो । तर, रिटमा निवेदकको दाबी नपुगको भन्दै अदालतले शुक्रबार नै रिट खारेज गरिदिएको थियो ।

Comments are closed.

'
Scroll To Top