नेपाल आइडलविरुद्धको मुद्दा खारेज, निवेदकको दाबी पुगेन

  •  
  •  
  •  

nepal-idol
काठमाडौं, २३ भदौ (ओएनएस) : एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ।

शुक्रबार वादी प्रतिवादीको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले रिट निवेदन खारेजको फैसला सुनाएको हो । बहसका क्रममा निवेदश यज्ञमणि न्यौपानेको दाबी नपुगेको भन्दै रिट खारेज गरिएको हो ।

न्यौपानेले १६ गतेको गाला राउण्डको एलिमिनेश राउडमा दर्शको भोटका आधारमा कसैलाई पनि आउट नगरि पुनः भोट आह्वान गरेको भन्दै सो निर्णय खारेजको माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो ।

आयोजकका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन । आयोजकले अर्को हप्ता पनि सोही भोटमा प्राप्त भोटलाई जोडर एक जनालाई आउट गर्ने जनाएको थियो ।

 


  •  
  •  
  •