नेपाल आइडलका लागि भोट अपिल नगरिने

844
  •  
  •  
  •  

nepal-idol
काठमाडौं, २२ भदौ (ओएनएस) : एपी वान टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित टेलिभिजन शो नेपाल आइडल शुक्रबार हुने गाला राउडको ‘एलिमिनेशन’ का लागि भोट अपिल नगर्ने भएको छ ।

टेलिभिजनले नेपाल आइडलको विरुद्ध परेको मुद्दा परेपछि त्यसको असरको बारेमा जानकारी दिँदै आइडलका लागि भोट अपिल नगर्ने जनाएको हो ।

आज (विहीबार) हुने गाला राउडमा प्रतियोगीहरुले आफ्नो प्रस्तुती भने राख्ने टेलिभिजनले जनाएको छ । वुधवार जिल्ला अदालत काठमाडौंले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको मुद्कोद्दा सुनुवाई गर्दै अदातले आइडलको भोट गणना गर्ने कार्य नगर्न अल्पकालीन आदेश दिएको थियो ।


  •  
  •  
  •