बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

नेपाल आइडलको भोट अर्को शुक्रबारसम्म गणना नगर्न अन्तरिम आदेश

nepal idol
काठमाडौं, २० भदौ (ओएनएस) : एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको अन्तराष्ट्रिय फ्रेंन्चाइजको रियालिटी शो ‘नेपाल आइडल’ को भोट शुक्रबारसम्म गणना नगर्न काठमाडौं जिल्ला अदातले अन्तरिम आदेश दिएको छ ।

नेपाल आइडलले गरेको पुनः भोटिङलाई रोक्न माग गर्दै अदालतमा परेको रिटको सुनुवाई गर्दै न्यायाधीश दीवाकर भट्टको इजलासले शुक्रबारसम्म भोट गणना गर्नृ अल्पकालिन अन्तरिम आदेश दिएको हो । अदालतले भदौ २३ गते दुवै पक्षलाई बोलाएर बहस हुनेछ।

आइडलविरुद्ध सोमबार अधिवक्ता यज्ञमणि न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ बमोजिम मुद्दा दायर गरेका थिए। कसैलाई पनि आउट नगरिई पुनः भोटिङ गर्न आह्वान गरिएको थियो ।

नेपाल आइडलले पुनः प्राप्त हुने भोट जोडेर अर्को हप्ता कम भोटका आधारमा एक जनालाई आउट गर्ने जनाएको थियो । नेपाल आइडलका लागि अहिले प्रताप दास, सागर आले, बुद्ध लामा र निशान भट्टराई गरि चार जना प्रतिसपर्धी छन् ।

Comments are closed.

'
Scroll To Top