फिफा वरियताक्रममा नेपाल अहिलेसम्मकै खराब

345
  •  
  •  
  •  

काठमाडौँ, ३ पुस (ओएनएस) : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रत्येक महिना  जारी गर्ने वरियता क्रममा नेपाल अहिलेसम्मकै खराब अवस्थामा पुगेको छ । फिफाले बिहिबार जारी गरेको डिसेम्बर महिनाको वरियतामा नेपाल १८६ औं स्थानमा झरेको हो ।

यसअघि सन् २००७ मा पनि नेपाल १८६ औं वरियता क्रममा रहेको थियो । अघिल्लो महिना १७९औं वरियतामा रहेको नेपाल यो महिना ७ स्थान तल झरेको हो । दक्षिण एसियाको वरियता क्रममा भुटान र पाकिस्तानपछि नेपाल पुछारबाट तोस्रो स्थानमा छ ।

दक्षिण एसियामा शीर्ष स्थानमा रहेको माल्दिभ्स् १२ स्थान माथि उक्लदै १३० औं पुगेको छ । दोस्रो स्थानको अफगानिस्तान १४३ औं, तेस्रो स्थानको बंगलादेश १६५ औं, चौथो स्थानको १७१, पाँचौ स्थानको श्रीलंका १७२ औं, सातौ स्थानको पाकिस्तान १८८ औं र अन्तिम स्थानको भुटान २०९ औं स्थानमा छ । विश्व वरियतामा जर्मनी पहिलो स्थान, अर्जेन्टिना दोस्रो र कोलम्बिया तेस्रो स्थानमा छन् ।


  •  
  •  
  •