चीन र नेपालबीच तीन महत्वपूर्ण सम्झौता

388
  •  
  •  
  •  

g]kfn / rLgaLr ;Demf}tfpkk|wfgdGqL ljhos'df/ uR5bf/ / s[i0faxfb'/ dx/f, rLgsf] /fHokl/ifbsf pkk|wfgdGqL afª ofª / g]kfnsf nflu rLgsf /fhb"t o' xf]ªsf] pkl:yltdf d+unaf/ sf7df8f}Fdf g]kfn ;/sf/sf tkm{af6 cy{;lrj zfGt/fh ;'j]bL / rLg ;/sf/ ;lrj ;' RofgXjfn] ;Demf}tfdf x:tfIf/ ub}{ . g]kfn / rLgaLr pRr:t/Lo jftf{kl5 b'O{ b]zaLr cfly{s tyf k|fljlws ;xof]u, k]6«f]lnod kbfy{sf] cGj]if0f / nufgL tyf cfly{s ;xof]u k|j4{g;DaGwL ;Demf}tf ePsf 5g . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, ३१ साउन (ओएनएस) : नेपाल–चीनबीच तीन वटा महत्पूर्ण विषयमा सम्झौता भएको छ ।

मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय बैठकमा चीन र नेपालबीच तीनवटा विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

अरनिको राजमार्गलाई स्तरोन्नति गरेर तातोपानी नाका खुलाउन चीन सरकारले करिव १५ अर्ब आर्थिक सहायता उपलब्ध गराउने, नेपालको हिमाल, पहाड र तराईमा पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्न चीनले सवा २ अर्ब आर्थिक सहायता उपलब्ध गराउने र नेपालको पूर्वाधार विकासमा जोड दिएर लगानी भित्र्याउने विषयमा समझदारीमा पत्रमा चीन र नेपालबीच सम्झौता भएको अर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिए ।

नेपालको सडक मार्ग, रेलमार्ग, वन, पर्यटन, जलविद्युत क्षेत्रको विकासका लागि चीनले लगानी भित्रयाउन खोजेकाले सोको प्रारुप तय गर्न समझदारी गरिएको अर्थ सचिव सुवेदीले बताए ।

समझदारी छिटो कार्यान्वयनमा लैैजान पनि दुवै मुलुक सहमत भएका छन । बैठकमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको स्थायित्व र विकासमा चीनले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यता, नेपाली पक्षले पनि तातोपानी नाका खुलाउन चिनियाँ पक्षको पुनःध्यानाकर्षण गराएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गरे ।

बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति थियो ।


  •  
  •  
  •