नेपाल बोसिया संघमा पुनः पौडेल

802
  •  
  •  
  •  

nepal bosiya associationकाठमाडौं, १३ भदौ(ओएनएस) : अपाङ्गता भएका व्यक्तिहरुको साझा चौतारीको रूपमा रहेको अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको अध्यक्षमा गोमादेवी पौडेल पुनः सर्वसम्मत भएकी छिन् । संघको सातौं वार्षिक साधारणसभाबाट गोमादेवी पौडेल पुनः अध्यक्षमा सर्वसम्मत भएकी हुन् ।

आज भएको साधारणसभाबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा धुनलाल गैरे, महासचिवमा देवकुमारी पराजुली, सचिवमा दुर्गा मान तामाङ्ग र कोषाध्यक्षमा एलेन पिया रहेका छन् भने सदस्यमा क्रमशः रमला पौडेल, गोमा घिमिरे दवाडी, प्रेमकृष्ण प्रजापति, छुल्टिम ग्याल्जेन शेर्पा रहेका छन् ।

त्यस्तै नवनिर्वाचित कार्यसमितिको आजै पहिलो बैठक बसी शरद भुषाल र शोभा विष्ट खतिवडालाई सदस्यमा मनोनयन गरेको छ ।


  •  
  •  
  •