आमरण अनशन नबस्न डा. केसीलाई बारकाे अनुरोध

154
  •  
  •  
  •  

काठमाडौं,२८ पुस (ओएनएस) नेपाल बार एसोसियसन बरिष्ठ चिकित्सक डा. गोबिन्द केसीले प्रेषित गरेको विज्ञप्ती र उनले गरेको आमरण अनशन अदालतको अपहेलना मुद्धाको कार्बाही पश्चात सञ्चार माध्ययमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गरेका छ ।

बार एसोसिएसनले प्रधानन्यायाधीश पराजुलीलाई व्यक्तिगत रुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआएसम्म प्रधानन्यायाधीशको राजीनामा माग गर्ने अनसनरत डा गोविन्द केसीका कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ।

बारकाे शुक्रबार बसेको सल्लाहकार कार्यसमिति बैठकले अदालत र न्यायाधीशप्रति स्वच्छ टिप्पणी नभएको उल्लेख गर्दै डा.केसीले अदालतप्रति जनआस्था घटाउने काम गरेको भन्दै आलोचना गरेको छ। बारका महासचिव खम्बबहादुर खातीले जारी गरेको विज्ञप्तिमा न्यायाधीश विरुद्ध उजुरी गर्ने थलो न्याय परिषद् भएको र परिषद्ले‌ अध्ययन गर्न सक्ने भएको तर उक्त प्रक्रियामा नगई अनसनको गलत प्रवृत्ति डा केसीले सुरु गरेको बताएको छ ।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गरेपछि पनि अनसन बस्नु उचित नभएको भन्दै बारले तत्काल अनसन फिर्ता लिन डा केसीलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।

बिज्ञप्ती सहित


  •  
  •  
  •