चीन र नेपालको सम्बन्ध अत्यन्त नजिक : नवनियुक्त राजदूत याङछी

19
  •  
  •  
  •  

काठमाडौं, ३० पुस(ओएनएस) : नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबार सोमबार राजदूत याङछीले शिष्टाचार भेट गरेकी हुन् । भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गरेकी थिइन् ।

सभामुख महराले नेपाल र चीनबीच कूटनीतिक र राजनीतिक सम्बन्ध प्रगाढ रहेको भन्दै दुई देशका जनताबीचको सम्बन्ध पनि निकै घनिष्ट रहेको बताएका थिए ।

चीनले नेपालको जलविद्युत, पर्यटन, सडक लगायतका थुप्रै क्षेत्रमा सहयोग गरिरहेको बताउँदै सभामुख महराले आगामी दिनहरुमा पनि चीनको सहयोग विस्तार हुनेमा विश्वास व्यक्त गरे ।

चीनले सुरु गरेको बेल्ट एन्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने भन्दै सभामुख महराले उक्त परियोजनामा नेपालका तर्फबाट आफू अर्थमन्त्री हुँदा सहमतिमा हस्ताक्षर गरेको स्मरण गरे ।

सभामुखसँगको भेटमा राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त नजिकको रहेको बताइन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here