नेकपाका सबै कमिटीको एकता भदौ ५ भित्र, थप आठ वटा कार्यदल गठन

717
  •  
  •  
  •  

काठमाडौं, १७ साउन (अाेएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गरिसक्न सबै कार्यदललाई निर्देशन दिएको छ । ने क पाले सबै तहलाई एकीकरण भदौ ५ गतेभित्र सक्न निर्देशन दिँदै परिपत्र जारी समेत गरेको छ।

बिहीवार विहान भएको दुई अध्यक्षसँगको छलफलपछि महासचिव पौडेलले पार्टीका सबै तहको एकताका लागि गठित कार्यदललाई परिपत्र जारी गरेका हुन्।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ ५ को डेडलाइन तोकेका हुन् । लगत्तै महासचिव विष्णु पौडेलले विशेष परिपत्र जारी गर्दै आठ वटा कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् ।

गत जेठ ३ गते पार्टी एकता भएपछि ७ गते सबै तहको कमिटीको एकताका लागि कार्यदल गठन भएका थिए। त्यस्तै १६ गते दुई अध्यक्षले सर्कुलर जारी गर्दै १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए।


  •  
  •  
  •